दफा १०७
अनुचित पूर्वाग्रह विरुद्ध उपचार
कुनै सूचीकृत कम्पनीले आफ्ना सदस्यहरुको हित विपरित हुने गरी अनुचित पूर्वाग्रह राखी कुनै काम कारोबार गरेको सूचना, जानकारी तथा विवरण प्राप्त गरेमा बोर्डले त्यस्तो कम्पनीलाई देहाय बमोजिम गर्न आदेश दिन सक्नेछः– (क) त्यस्तो कारोबार नगर्न, (ख) सदस्यहरुको हित विपरित नहुने किसिमले काम कारोबार गर्न कार्यविधि निर्धारण गर्न, (ग) कम्पनीको तर्पmबाट कम्पनीको सबै वा केही काम कारोबार गर्न काम कर्तव्य समेत तोकी प्रबन्धक वा ट्रष्टी नियुक्ति गर्न, (घ) कम्पनीको काम कारोबारलाई नियमित तथा व्यवस्थित गर्न आवश्यक आदेश दिन ।